कैलाली कञ्चनपुरमा र्यापिड डाइग्नोस्टिक टेस्ट’ सुरु

कैलाली कञ्चनपुरमा र्यापिड डाइग्नोस्टिक टेस्ट’ सुरु

सुदीप थापा २७ चैत (धनगढी)
कैलाली र कञ्चनपुरका विभिन्न ठाउ“मा कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट बिहीबारदेखि सुरु भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा परीक्षण कार्य भइरहेको छ । जा“च गर्न कैलाली र कञ्चनपुरका गरी २० जना ल्याब प्राविधिकहरुलाई परिचालन गरिएको जनस्वास्थ्य प्रयोगशालाका ल्याब निरीक्षक रामप्रसाद ओझाले बताए । ‘उनीहरुलाई जाँच गर्ने विधिबारे अभिमुखिकरण गराएर पठाएका छौ’ उनले भने । ल्याब प्राविधिकहरुको टोलीले सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेर १४ दिन पुरा गरेकाहरुको परीक्षण गरिरहेको ओझाले जानकारी दिए ।
बिहीबार दिउसोसम्म कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा गरिएका परीक्षणहरुमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीहरुले बताए । कैलालीको गोदावरी नगरपालिकाको मालाखेती स्वास्थ्य चौकीमा भारतबाट आएका १९ जना सबैको नेगेटिभ रिपोर्ट आएको नगरपालिकाको कार्यालयका स्वास्थ्यकर्मी विष्णु जोशीले बताए । यसअघि धनगढीमै सशस्त्र र नेपाल प्रहरीका डेढ सय जनालाई जा“च गरिएको थियो ।

Share This
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares