कोरोना महामारीको परीक्षा

कोरोना महामारीको परीक्षा

भीमबहादुर खड्का

कोरोना भाइरसले उत्पन्न गरेको विपद र महमारीले विश्व मानवजाती अग्नीपरीक्षाको संगीन घडीबाट गुज्रिरहेको छ । चिन्ता, डर,त्रास, पीडा र शोकले सिंगो मानवसमुदाय विक्षिप्त अवस्थामा पुगेको छ ।
विपद र महामारीसँगको लडाईमा सफलताको नजिक पुग्ने संकेत आजसम्म भेटिएको छैन । मानवजातीले यतिबेला आफ्नो सम्पूर्ण शक्ति र सामथ्र्यको प्रयोग गरेपनि कोरोनाको विराट र विनासकरुपको अगाडी ऊ निरीह बनेको छ । खुला आकास र धर्तीमा विश्व परिक्रमा गरिरहने यो मानवजाती पूर्णरुपमा घरभित्र बन्दीसरह जीवन बाँच्दै कोरोनाको अन्त्यको लागि कामना गरिरहेको छ । ऊ भाइरसबाट संक्रमितहरुको उपचारमा दिन र रात खटिरहेको छ । आफन्तको मृत्युमा शोक र पीडाबाट आफनो जीवनको भाग्य र भविष्यप्रति चिन्तित बनिरहेको छ ।
एउटा सानो भाइरसको विनासकरुपले मानवजातिलै हालसम्म गरेको प्रगती र उन्नतीको उपहास गरिरहे पनि उसले यो लडाई जित्नको लागि प्रभावकारी साधन र सामग्री भेटाउन सकेको छैन । अझ गम्भिर कुरा त के भने, आर्थिक, सामाजिक, राजनीतिक र सैन्यशक्तिमा निकै शक्तिशाली मानिएका मुलकुका मानव समुदायको अवस्था र परिस्थिति कोरोना कहरले अझ भयाभह र नाजुक परिदिएको छ ।
ती मुलुकहरुमा यो भाइरसबाट संक्रमित र मृत्युहुनेको संख्या गरिबमुलुकको भन्दा निकै माथि रहेको छ । विकसित र शक्तिशाली देशका मानव समुदायको यो रोदन, क्रन्दन र पीडा सायद आधुनिक मानव समाजको इतिहासमा देखिएको यो पहिलो जस्तो लाग्छ । किनभने गरिबमुलुकका मानबसमुदाय अन्य मानवीय र प्राकृतिक संकटले सधै पीडा र दुःखमा बाँचेर रोइ कराई गरिरहनु पर्ने अवस्था त सामन्य नै मानिन्छ ।
तर, कोरोनाको कहरले यो अवस्था र परिस्थितिमा हाल केही भिन्नता देखाएको छ । कोरोनाबाट सिर्जित दुःख, कष्ट र पीडाबाट निस्केका आशुका भलहरु विकसित मुलकका मानवसमुदायमा बढी देखिन गएको छ ।
विश्वमानव समुदायमा हाल प्रचलित शासन व्यवस्थालाई पनि कोरोना कहरले परीक्षाको घडीमा उभ्याएको छ । कुन शासन व्यवस्थाले यो महामारी र संकटको सामाना गर्न कस्तो मोडेल, विधि र उपायहरु अवलम्बन गरी कम क्षतीका साथ विजय प्राप्त गर्न सक्यो भन्ने महत्वपूर्ण सवालको छफफल र मूल्यांकन गर्न कारोनाले मानव समुदायका इतिहासमा पहिलो पटक बाटो देखाएको छ । कोरोनापछिको विश्वमा सत्ता, शक्ति, व्यवहार र मानवोहितका लागि अपनाउने विधि र तरिकामा फेरबदल आउने संम्भावना यो विपदले अगाडी ल्याईदिएको छ । विशेष गरी पूँजीवादी, समाजवादी, प्रजातान्त्रिक र कम्युनिजम शासन व्यवस्थाको विधि र प्रक्रियाकोबारेमा मूल्यांकन गरी सही निष्कर्षमा पुग्ने अवस्था यो कोरोना कहरले विश्वमानव समुदायका लागि सिर्जना गरिदिएकोछ ।
एकातिर विश्वमा सन्चालित शासन व्यवस्थाको बारेमा मूल्यांकन हुने अवस्था उत्पन्न हुने देखिन्छ भने अर्कोतिर देशभित्र पनि संचालित सरकार र शासन व्यवस्थाकोमूल्यांकन जनताले गर्ने संभावना रहने छ । मानवजातीले आफ्ना लागि शासन गर्ने र यस्तै विपदको बेला सहयोग र सहारा दिने सत्ताको महत्व यो बेलाअझ बढी बुझ्ने छन् । विशेषगरी दुःख, कष्ट, पीडा र विपद कम गर्न शासन सत्तामा बस्ने र जनताका लागि काम गर्ने कसम खाएका आफ्ना सरकारको बारेमा हेर्ने, देख्ने, बुझ्ने र अनुभुति गर्ने अवस्था पनि यही कोराना कहरले जनाताका लागिछोडिदिएको छ ।
कोरोनामाथिको विजय पश्चात यो संसारमा जे जति मानिसहरु बाँच्नेछन तीनीहरुमा उच्च किसिमको ज्ञान, विवेक र मानवीय चेतनाको पनि विकास गराउने छ । जसले गर्दा कोरोना विरुद्धको लडाईमा प्राप्त गरेको ज्ञान र विवेक विश्वमानव समुदायले तत्कालिन शासन सत्ताको सहयोग, रणनीति, दक्षता र सीपलाई पनि नजिकबाट मूल्लांकन गरी एउटा भविष्यका लागि उचीत निष्कर्षमा पुग्नेबाटो लिनेछन् । नेपालमा पनि नेपाली जनसमुदायको मूल्यांकन शुरु भैसकेको छ ।
नेपालको विषयमा अझै कुरा गर्ने हो भने कोरोना कहरले तीनवटा पक्षबाट यो शासन सत्ता र सरकारको मूल्यांकन गर्ने अवस्था अगाडी ल्याएको छ । पहिलो, कम्युनिष्टको जनताबाट निर्वाचित सरकारले कोरोनामाथि विजय प्राप्त गर्न अपनाएको विधि र जनतालाई यो विपदको बेला गरेको उपचार, राहत सहयोग र व्यवहार । दोस्रो, हालकायम रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकिय पद्धति र यसले विपदको बेला प्रदर्शन गरेको कार्यक्षमता र प्रतिफल । तेस्रो, समग्र मुल राजनीतिक दल तथा तीनका नेताकार्यकर्ताको व्यवहार र आचरण ।
शासन व्यवस्था र सरकारको दक्षता मानवीय तथा प्राकृतिक विपद र संकटले पनि जाँच गर्दछ । उसले लिने निर्णय र कामकार्वाहीले विपद र संकटसँग सामना गर्ने र विजय प्राप्त गर्ने कुराको सफलता र असफलता निर्भर हुने गर्दछ ।नेपालको कम्युनिष्ट सरकारलाई पनि कोरोनाको संकटको संगिन घडी र परीक्षामा सामेल हुनु परिरहेको छ । यो उसका लागि चुनौति र अवसर दुवै हो । नेपाली जनतालाई यो महामारीबाट जोगाई सकंटलाई सफलतापुर्वक पारलाउन यो सरकार र व्यवस्थाको हातमा इतिहासले सुम्पिदिएकोछ । आम नेपाली जनताहरु चाहे उनीहरु विश्वको जुनसुकै कुनामा भएपनि उनीहरुको उचीत हेरचाह, राहत र सहयोगका लागि पर्खिरहेका छन् ।
यस्तो बेलाउपचार र सहयोग नपाएर कोही पनि मर्नु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने हुन्छ । देशको आगामी भविष्यको सही दिशा औल्याएर अगाडी बढ्नुपर्ने भएको छ । यो सरकार हालको संकट र विपदमा कहींकतै चुक्यो भने कम्युनिष्ट व्यवस्थामाथि नै नेपाली जनताको औला उठ्ने र कारोनासँगै अवसान हुने परिस्थिति आउन सक्ने संभावना रहन्छ ।
कम्युनिष्टले भन्ने गरेको न्याय, समानता, सेवा र विभेदको अन्त्य व्यवहारबाट देखाउने अवस्था कोरोना कहरबाट सिर्जित भएको छ । यो बेला गरिब, मजदुर, सर्बहारा र जोखिम परिस्थितमा रहेका जनताको लागि विशेषकार्यक्रम घोषणा गरी उनीहरुको उपचार, राहत र सहयोगको लागि कम्युनिष्ट सरकार के गर्दैछ भनेर पीडीतहरु व्यग्र प्रतिक्षामा रहेका छन् । यी वर्गहरुको लागि न्याय र समानतामा आधारित कार्यक्रमबाट उनीहरुको जीवनमा आइपरेको विपदलाई कसरी पारलाई भविष्यकोलागि सुनिष्चित आधार तयार पार्दैछ त भन्ने कुरा आम चासोको विषय बनिरहेको छ ।
प्रदेश र स्थानीय सरकारहरु सत्तारुण दल, नेपाली कांग्रेस लगायत अन्य पार्टीहरुको पनि रहेको छ । यो बेलाको संकट र बिपदमा कुन पार्टीको सरकार रहेको प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस विरुद्धको लडाई लगाएत जनताको उपचार, राहत सहयोग, सेवा र सुविधामा कस्तो भूमिका निर्वाह गर्यो भन्ने कुराको मूल्यांकन नेपाली जनताको हातमा कोरोना कहरले सुम्पिदिएको छ । जसको सफलता र असफलता प्रदेश र स्थानीय सरकारले लिने निर्णय, योजना र कार्यमा भरपर्ने छ । संघीय लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ र जनताका सेवाकालागि घरआगनमा पुग्ने आशा र भरोसाका केन्द्र नै यीनीहरु भएका हुनाले यो संकट र महमारीमा त्यो खालको जनतालाई आभास हुने गरी कामकार्वाही भएको हुनुपर्दछ । विशेषगरी प्रदेश सरकारले कुशलतापुर्वक आफ्नो प्रदेशमा नेतृत्वलिई कार्यगर्न सकेन भने औचित्य र हालसम्म यसमा भैरहेको खर्चमाथि पनि प्रश्न उठ्न सक्छ । यो कुराको गम्भिर परीक्षामा हाम्रो संघीय व्यवस्था आइपुगेको छ ।
यो विपदको बेलाविशेष गरी सत्तापक्षीय दलका नेता तथा कार्यकर्ताको भूमीका पनि कोरोना कहरको महत्वपूर्ण परीक्षामा जाँचिनो भएको छ । एकातिर कम्युनिष्ट आचरण, व्यवहार र शैलीको लेखाजोखा गर्ने र अर्कोतिर उनीहरुको कारोना विरुद्धको लडाई लगायत पीडित जनतासँगको सम्बन्ध र सहयोगलागि कसरी प्रस्तुत हुन्छन् भन्ने हो । कोरोना विरुद्धको लडाईमा कुनैपनि नेता तथा कार्यकर्ता आर्थिक भ्रष्टाचारकोलागि बढवादिने खालका कुनैपनि गतिविधि संलग्न हुन्छन् की हुन्न भन्ने देख्न र भोग्न पाउने यो संकटले सिर्जना गरेको छ ।
यो संकट र महामारीको बेला गरेको भ्रष्टाचार र अनियमिता अरु सामान्य बेलाको भन्दा कयौंगुणा ठूलो क्षेती र नोक्सानी गर्न सक्छ । यो महाअपराधको रुपमा चित्रित हुन्छ । विभिन्न तहमा रहेका सरकार, दलका नेता तथा कार्यकर्ता कोरोना र यसका नाममा हुने भ्रष्टाचारविरुद्धको लडाईमा सँगै जान सकेन भने देशमा मानवीय लगायत आर्थिक र सामाजिक रुपमा ठूलो क्षेतिव्येहोर्नु पर्ने हुन्छ । कोरोनाको परीक्षाले धेरै प्रश्नको उत्तर खोजेको छ । नेपाली सत्तापक्ष यी प्रश्नहरुको सही जवाफ दिन सकेन र फेल हुने अवस्थाको सिर्जना नहोस । विभिन्न संचार माध्यायमा आएका पारदर्शिता, अनियमितता र भ्रष्टाचार समाचारहरुमा उचीत ध्यान गई कोरोना कहरको अग्नि परीक्षा पास होस ।

Share This
  • 159
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    159
    Shares