मुख्यमन्त्रीद्धारा प्रदेशबासीका नाममा सम्बोधन

मुख्यमन्त्रीद्धारा प्रदेशबासीका नाममा सम्बोधन

क्वारेन्टाइनमा २१ दिन

सुदीप थापा, २२ चैत (धनगढी)
मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार प्रदेशवासीका नाममा सम्बोधन गरेका छन् । उनले सुदूरपश्चिम कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताउँदै प्रदेश सरकार गम्भिरतका साथ रोकथाम तथा नियन्त्रण गर्न लागि परेको बताएका छन् ।
उनले क्वारेन्टाइनमा बस्नुपर्ने १४ दिनको अवधिलाई बढाएर २१ दिन बनाइने बताएका छन् । उनले कोरोना विपद विरुद्धको अभियानमा सहयोग र साथ दिन संघीय सरकार, स्थानीय तह,निजी क्षेत्र,गैरसरकारी संघसंस्था,तथा आम नागरिकलाई आज आह्वानसमेत गरे ।
मुख्यमन्त्री भट्टले कोरोनाका कारण अहिले उत्पन्न संकटको समयमा समाजिक र नागरिकको दायित्व निर्वाह गर्ने अभियानमा निजी अस्पताल पनि जोडिने भएकाले यो रोग विरुद्धको अभियानमा हातेमालो गर्न आग्रह गरेका हुन् । उनले भने
प्रदेशमा कोरोनाको संक्रमणवाट बच्न र बचाउन हाम्रा सबै संयन्त्रहरुमार्फत् आम जनतालाई सचेत र सजग गराउँदै अगाडि बढिएका छौं उनले भने प्रदेश सरकारले कोष खडा गरेर सरकारका तर्फबाट ४० करोड जम्मा गरेको छ । उनले कोरोनाको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई विषेश अस्पताल घोषणा गर्नुका साथै महाकाली प्रादेशिक अस्पताल, र जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम निकासा गर्ने व्यवस्था गरिएको बताए ।
भारत लगाएतका देशवाट नेपाल प्रवेश गर्न चाहने नेपाली प्रदेशका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएर संघीय सरकारसँग अनुरोध गरिएको उनको भनाई थियो ।
अहिले उत्पन्न जटिल अवस्थाका कारण दैनिक ज्यालादारी गरी खाने र असहाय व्यक्तिको जीवनयापनका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउन पहल गरिएको मुख्यमन्त्रीले बताए । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएपछि संघीय सरकारले कैलाली कञ्चनपुरमा र्यापिड टेस्ट को माध्यमबाट रफ्तारमा नमुना परीक्षण सुरु गर्न लागेको उनले बताए । तोकिएको अवधिभर लकडाउनलाई पूर्णरुपमा पालना गर्न उनले प्रदेशबासीसमक्ष अपिल गरे ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •