कुमारी बैंकद्धारा प्रदेश सरकारलाई सहयोग
सुदीप थापा, २० चैत (धनगढी)
कोरोना भाईरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बिहीबार कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष बैंकका प्रदेश प्रमुख दीपक खनालले १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो ।
अन्य बैकंहरुलेसमेत कोषमा योगदान गरिरहेका छन् । कोषमा प्रदेश सरकार आफैले ४० करोड जम्मा गरेको छ । निजी क्षेत्रका बेंकहरुले हालसम्म ४७ लाख सहयोग गरेका छन् ।
कोराना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैँक लिमिटेडले १० लाख, सिटिजन्स बैँकले ७ लाख, कृषि विकास बैँक र नेपाल बैँक लिमिटेडले ५÷५ लाख रकम सहयोग गरेका छन् । यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार पाँच सय ५१ रुपँैया जम्मा गरेको प्रदेश सरकारले जनाएको छ ।