हरपल वडावासीकै रक्षामा खटिरहेका वडाध्यक्ष

हरपल वडावासीकै रक्षामा खटिरहेका वडाध्यक्ष

२० चैत (बाजुरा)
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्याय निर्वाचन जितेदेखि नै वडाको विकासका लागि फरक ढंगले लागि परेका जनप्रतिनिधि हुन् । उनले ढम्कनेमा आलुको पहाड खडा गरेर आलु महोत्वस गर्दा होस् या वडामा शिक्षा सुधार र विपन्न परिवारलाई जाडो छल्न घरघरमै पुगेर राहत सामग्री वितरण गर्दा होस्, ती कार्यमा उनले पाएको चर्चालाई देशभरका धेरैले उनी फरक भिजन, वडाका जनता र ठाउँको विकासमा लागि पर्ने जनप्रतिनिधि रहेछन् भन्ने चित्रण गर्न थालेका हुन् ।
यतिबेला विश्वव्यापी महामारीका रुपमा फैलिएको करोनाक भाइरसकाे त्रास नेपालका कुनाकन्धारामा पनि उत्तिकै छ । बाजुरा पनि त्यसबाट अछुतो छेन । यसताे अवस्थामा आफ्नो वडाबासीलाई महामारीको संक्रमणले छुन नपाओस भनेर उनी सुरुदेखि नै टोलटोलमा सचेतना जगाउँदै, आवश्यक सर्तकताका लागि निगरानी गर्दै, क्वारेन्टाइन स्थापना र लामोसमयको लकडाउनका कारण विपन्न परिवारको छाक मर्ने अवस्थामा उनीहरुलाई राहत प्याकेज उपलब्ध गराउन आवश्यक योजना निर्माणमै व्यस्त छन् ।
बाजुरामा पनि परदेशमा बस्नेहरु घर फर्किएकाले विश्व स्वास्थ्य संगठनले तोके बमोजिम त्यस्ताको सम्पर्कबाट गाउँवासीलाई टाढै राख्न दिनरात खटिरहेका छन् ।
कारोना रोकथाम पुर्व तयारिका क्रममा वडामा रहको कालिका अधारभुत विद्यालय चुथीमा क्वारेन्टाइन व्यवस्थापन गरेर ३ जनालाई राखिएको उनले बताए । उनीहरुको खानाको प्रवन्ध वडाबाटै भइरहेको उनको भनाई छ । गाउँघर तथा व्यक्तिगत सरसफाइ, अनावश्यक हिडडुलमा प्रतिबन्ध, खाद्यान्न वितरणका लागि विपन्न परिवारको लागत संकलन, लगायत कार्यका लागि विभिन्न समितिहरु गठन गरिएको छ । वडा सदस्य प्रयागराज जैशी, स्वास्थ्यकर्मी काँसीचन्द पाध्या र कालिका अधारभुत विद्यालय प्रअ सहदेव पाध्यालाई विभिन्न समितिको जिम्मेवारी दिइएको वडाध्यक्ष पाध्यायले बताए ।

Share This
  • 345
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    345
    Shares