लकडाउनमा कडाई, ५१ मोटरसाइकल नियन्त्रण

लकडाउनमा कडाई, ५१ मोटरसाइकल नियन्त्रण

सुदीप थापा, १९ चैत (धनगढी)
लकडाउनको उलंघन प्रवृति बढ्दै गएपछि सुरक्षाकर्मीले मंगलबार धनगढीमा ५१ वटा मोटरसाईकल नियन्त्रणमा लिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीले परिचय पत्र नबोकेर हिड्ने पत्रकार, स्वस्थ्यकर्मी, सादा पोषाकमा हिड्ने प्रहरीलाई समेत सवारी साधन नियन्त्रणमा लिइएको बताए । लकडाउनको समयमा अत्यावश्यक कामबाहेक बाहिर नहिडदिन उनले अनुरोध गरे । ‘प्रहरीले नियम पालना गराउने हो नियम मिच्ने सबैलाई कार्वाहिको दायदामा ल्याउछौ’ उनले भने ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यतिबेला सरकारले गरेको लकडाउनको सबैले पालना गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले फिल्डमा जाने पत्रकारहरुलाई अनिवार्य रुपमा परिचय पत्र बोक्न भनिएको बताए ।

Share This
  • 236
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    236
    Shares