बादी परिवारलाई खाद्यान्न सहयोग

बादी परिवारलाई खाद्यान्न सहयोग

१८ चैत (धनगढी)
लगातारको लकडाउनको कारण मारमा परेका बादी सामुदायलाई गोदावरी नगरपालिका २ अत्तरियाका नागरिक अगुवा गोकर्ण भट्टले खाधान्न सहयोग गरेका छन् ।
भट्टले गोदावरी नगरपालिका ३ मा रहेका ८ परिवारलाई चामल,नुन वितरण गरेका हुन् । दैनिक ज्याला मजदुरी गरेर गुजारा गरिरहेका मजदुरहरु लकडाउनका कारण भोकै बस्ने अवस्था आएपछि उनीहरुलाई सहयोग गरेको नेकपा गोदावरी नगर कमिटीका अध्यक्षसमेत रहेका भट्टले बताए । खाधान्न पाएपछि बादी परिवारहरु खुसी भएका छन् । नगरपालिका भित्र बसोवास भएर दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवारलाई लक्षित गरी स्थानीय सरकारले राहतका कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ ।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares