‘अण्डा र मासु नबारौं’– कृषि विज्ञ

‘अण्डा र मासु नबारौं’– कृषि विज्ञ

सुदीप थापा, १८ चैत (धनगढी)
विश्वभर फैलिएको कोरोना भाइरसको संत्रासले पछिल्लो समयमा अण्डा मासुलगायत पशुपंक्षीजन्य प्रोटिनयुत्त,m खाद्य वस्तुहरु समेत खान छाडिएकोमा त्यसो नगर्न कृषि तथा भेटेनरी विज्ञहरुले सुझाएका छन् ।
भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका उपसचिव डा. हेमराज अवस्थीले विभिन्न रोगबाट हुनसक्ने संक्रमणसंग लड्न रोग शरिरमा प्रतिरोधात्मक क्षमता बढाउनुपर्नेमा ख्याल गर्दै प्रोटिनजन्य पदार्थको उपभोग हुनु अनिवार्य भएको उनले बताए ।
उनले व्यतिmगत सरसफाई सुरक्षाको र स्वच्छताका सबै उपाय अपनाएर अण्डा, दुध, मासुको उपभोग गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताए । विश्वमा कोरोना भाईरसको संक्रमण फैलिएपछि कुखुराको मासु र अण्डा उपभोगमा कमी आएको उनले बताए । ‘अनावश्यक त्रासमा रहनुभन्दा यसको उपभोग बढाउनु पर्दछ’ उनले भने, ‘राम्ररी पकाएर अण्डा, मासु खादा जोखिम नहुने बरु रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।’
यसैबीच लकडाउनले जनजीवन कष्टपर्ण भइरहेका बेला विभिन्न क्षेत्रका समाजसेवीहरुले आफ्नो तर्फवाट गर्न सुरु गरेका छन् । मंगलवार आरबि एग्रो पोल्ट्री फर्म प्रालि कृष्णपुर विचुवाका सञ्चालक रवीन्द्र खड्काले दृष्टि फाउन्डेसन धनगढी र सेती प्रादेशिक अस्पताल धनगढीको क्वारेन्टाईनमा तथा आईसोलेसन रहेका विरामीलाई दैनिक एक एक अण्डा पुग्ने गरी सहयोग गरेका छन् । खड्काले दृष्टि फाउनडेशनलाई १ पेटी अण्डा र सेती प्रादेशीक अस्पताललाई २ पेटी अण्डा सहयोग गरेको उनले बताए ।

Share This
  • 113
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    113
    Shares