संक्रमित घरमा बसे, धेरैलाई भेटे

संक्रमित घरमा बसे, धेरैलाई भेटे

सुदीप थापा, १५ चैत (धनगढी)
धनगढीका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि सबैतिर हल्लीखल्ली छ । टोलभरि सन्नाटा छ । उनीसंग सम्पर्क र भेटघाट भएकाहरु धमाधम अस्पताल गइरहेका छन् । दुबइबाट घर पुग्दा र घरमा बस्दा उनको धेरैतिर भेटघाट र सम्पर्क भएको बुझिएको छ । उनका घर परिवारलाई रिपोर्ट आएको १७ घण्टापछि साढे दश बजे सेती प्रादेशिक अस्पताललको एम्बुलेन्सद्धारा आइसोलेसनमा राख्न अस्पताल लिइएको छ । शुक्रबार साँझ धनगढी ५ का ती युवालाई कोरोना भाइरसको संक्रमण भएको प्रतिवेदन अस्पतालले पुष्टि गरेको थियो ।
शुक्रबार रातितिर उनको घरमा पुगेको प्रहरी परिवार संख्यासहित आवश्यक रिपोर्ट लिएर एम्बुलेन्स पठाउँछौ भनेर फर्किएको थियो । शनिबार विहानसम्म एम्बुलेन्स आएको थिएन । उनको परिवारमा ८ जना छन् ।
दुबईमा काम गर्दै आएका उनी फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । त्यहाँबाट उनी शुक्रबार एयर विसराको उडानबाट दिउसो २ बजे काठमाण्डौका लागि उडेका थिए । त्यसपछि सनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाण्डौंबाट नेपालगञ्ज आए । नेपालगञ्जबाट उनी महेन्द्रनगर जाने हाइसमा अत्तरिया झरेका थिए । ‘मसँगै काम गर्ने विराटनगरको एकजना साथी थियो’ उनले भने । काठमाण्डौं विमानस्थलमा ज्वरो नापेर पठाइएको उनको भनाई छ । ‘त्यही क्वारेन्टाइनमा बस्न भनेको भए आफ्ना घरपरिवारले दुख थिएनन’ उनले भने । अत्तरियाबाट उनी त्यही दिन घर पुगेका थिए ।
सनिबार साँझदेखि मंगलबारसम्म उनी घरमै परिवारसँग बसेका थिए । घर पुगेको दोस्रो दिन राति ज्वरो आएपछि तेस्रो दिन चैत ११ गते उनी आफै सेती प्रादेशिक अस्पताल धनगढीमा जचाउ“न गएका थिए । त्यही दिनदेखि उनी अस्पताल बसेका थिए । मन्त्रालयले शुक्रबार उनलाई पोजेटिभ रहेको पुष्टि गरेको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •