‘मेरो कोही सल्लाहकार छैन’- रावल

‘मेरो कोही सल्लाहकार छैन’- रावल

११ चैत (काठमाण्डौं) नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले आफ्नो कोही सल्लाहकार नरहेको स्पष्ट पारेका छन् । केही सञ्चारमाध्ययमले आफ्नो नाम जोडेर समाचार प्रवाह गरेकोमा त्यस कार्यलाई रावलले हल्लाकारहरुको काम भनेका छन् । राष्टवादी नेतृत्वको छवि तथा निर्भिक नेताका रुपमा आफ्नो पहिचान स्थापित गरेका नेता रावलले ट्वीटमार्फत आफ्नो नाम जोडर अनेक हल्ला गर्नुलाई गलत मानसिकता भनेका छन् । पत्रकार एकिन्द्र कुँवरले आफुलाई नेता रावलको सल्लाहकार रहेको भन्दै सुदूरपश्चिम प्रदेश र स्थानीय तहमा दवदवा गर्ने गरेको आरोप लगाइएको थियो । त्यही प्रसंगमा नेता रावलको उक्त प्रतिक्रिया आएको हो । यता पत्रकार एकिन्द्र कुँवरलेसमेत मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै आरोपहरु हावादारी भएको र त्यसमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् । उनले आफु कहिलै पनि नेता रावलको सल्लाहकार र सहयोगी नरहेको बताएका छन् ।   

Share This
  • 221
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    221
    Shares