जिल्ला अस्पताल बझाङ्गको तैयारी तिब्र

जिल्ला अस्पताल बझाङ्गको तैयारी तिब्र

सिर्जना स्नेही, ११ चैत (बझाङ्ग)
जिल्ला अस्पताल बझाङ्गले कोरोना भाइरसको संक्रण रोकथाम गर्न तैयारी तिव्र पारेको छ । यसका लागि आइसोलेसन कक्ष तयार गरिएको छ । जिल्ला अस्पताल बझाङ्गमा कार्यरत डा. मिलन खड्काका अनुसार हालसम्म जिल्लामा कोरोनाको संक्रमण नभेटिएको भएपनि भारतबाट आउनेहरुको संख्या उच्च भएकाले कुनै पनि बेला संक्रमण देखिन सक्छ ।
यसका लागि जटिल अवस्थाका बिरामी बाहेक अरु उपचारका लागि अस्पताल नआउन र आउनै परेमा आवश्यक सतर्कता अपनाएर मात्र आउन उनले अनुरोध गरेका छन् । अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले कोरोना रोकथामका लागि जिल्लाका बिभिन्न ठाउँहरुमा स्वास्थ्य सहायता कक्षहरु स्थापना गरिएको बताएका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •