सशस्त्रको ध्यान ‘सीमामा’

सशस्त्रको ध्यान ‘सीमामा’

खुला सीमा ‘सिल’

९ चैत (धनगढी)
भारतसँग जोडिएको खुला सीमा हाल सीमा अनुगमन गर्न कैलालीमा सशस्त्र प्रहरीको ५ वटा मात्र बोर्डर आउट पोष्ट (बिओपी) रहेका छन् । त्यतिले नपुग्ने भएपछि धनगढीस्थित ३४ नम्बर गणको आफ्नै पहलमा रातारात बंग्रा कटानलगायतका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका अस्थायी पोष्टहरु पनि स्थापना गरिएको गणपति एसपी कमल तिमिल्सिनाले बताए । ‘अहिले खुला सीमाबाट कुनै पनि व्यक्तिलाई आवतजावत गर्न नदिन २४सैं घण्टा कडा निगरानी भइरहेको छ ।’
खुला सीमा आइतबार विहानदेखि ‘सिल’ गरिएको छ । सशस्त्र प्रहरीले कैलालीमा भारत जोडिएको १०१ किलोमिटर सीमामध्ये धनगढीको त्रिनगर र टीकापुरको खक्रौलाबाहेकको खुला सीमा सिल गरेको हो ।
सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपती एसपी तिमिल्सिनाका अनुसार १०१ किलोमिटरमै सशस्त्र प्रहरीको गस्ती परिचालन गरेर खुला आवतजावत हुने क्षेत्र सिल गरिएको छ । खुला सीमाबाट ओहोरदोहार नरोकिँदा कोरोना भाइरसको संक्रमण भित्रिनसक्ने सम्भावित जोखिमलाई राक्ने खुला सीमा पुर्ण रुपमा बन्द गरिएको एसपी तिमिल्सिनाले बताएका छन् ।
यसअघि सञ्चालनमा रहेका परम्परागत सीमा नाकामा रहेका काठेपुल र डुंगा समेत हटाइएको सशस्त्र प्रहरीले बताएको छ । त्रिगरदेखि खक्रौलाबीचका विभिन्न ठाउँमा रहेका ८ वटा डुंगामा लक गरेर राखेको र १० वटा काठेपुल भत्काइएको एसपी तिमिल्सिनाको भनाई छ ।

s}nfnLsf] v’nf ;Ldf l;n ug]{ qmddf cfOtaf/ ljxfg}b]lv ul:tdf vl6Psf ;z:q k|x/Lx? . tl:j/ ch'{g zfx
s}nfnLsf] v’nf ;Ldf l;n ug]{ qmddf c:yfoL kf]i6 lgdf{0f ub}{ ;z:q k|x/L . tl:j/ ch'{g zfx
wgu9Lsf] uf}l/kmG6f gfsfdf vl6Psf ;z:q k|x/Lx? . tl:j/ ch'{g zfx
Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares