महेन्द्रनगर आज रातिदेखि लकडाउन

महेन्द्रनगर आज रातिदेखि लकडाउन

सुदीप थापा, ९ चैत (धनगढी)
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि महेन्द्रनगर बजार लकडाउन गर्ने निर्णय गरेको छ । गड्डाचौकी सीमा नाका भने चैत ११ गते विहान ७ बजेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डौकोकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनले आज राति १२ बजेपछि लागु हुने गरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल , राहत उद्दार बाहेक यातायात,सम्पुर्ण बजार,पसल,ब्यवसाय, उद्योग र कलकारखाना अर्को सुचना नआउन्जेल सम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

Share This
  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares