फाँसीमा चढाइनु अघि..

फाँसीमा चढाइनु अघि..

७ चैत (दिल्ली)
भारतमा निर्भयालाई सामूहिक बलात्कार गरेर मृत्युमा पु‍गेका चार दोषीहरूलाई शुक्रबार बिहान तिहाड जेलमा फाँसी दिइएको छ । सन् २०१२ मा भारतको राजधानी दिल्लीमा भएको निर्भया सामूहिक बलात्कार गरेकोमा उनीहरुलाई फाँसी दिइएको हो ।
दिल्लीको तिहाड जेलमा शुक्रवार बिहान पौने ६ बजे चारै दोषीलाई फाँसी दिइएको हो । फाँसीको बेलामा यस्तो दृश्य देखिएको थियो । फाँसी दिइनुभन्दा अघि चारै दोषीमध्ये मुकेश र विनयले मात्र राति खाना खाए । पवन र अक्षयले खाएनन् ।
सबै दोषीहरूले छटपट गरेर अन्तिम राति गुजारे । उनी रातभरि सुत्न सकेनन् । उनीहरूलाई तिहाडको जेल नम्बर ३ मा राखियो । त्यहाँको सेलबाट सीधै फाँसी दिइने ठाउँमा पुगिन्छ । रातभरि चारै दोषीहरूलाई ध्यान दिएर हेरियो । त्यसका लागि छुट्टै १५ मानिसको टोली खटाइयो । फाँसी दिने पवन जल्लाद पहिलेदेखि नै जेलमा उपस्थित थिए ।
बिहान ४ बजे फाँसी दिने तयारी शुरू गरियो । दोषीहरूलाई फरकफरक डेथ सेलमा राखियो । जेल अधिकारीहरू दोषीमाझ पुगे । दोषीहरूलाई नुहाउन र प्रार्थना गर्न भनियो तर उनीहरूले यसलाई अस्वीकार गरे । बिहान सबा ५ बजे दोषीहरूलाई कालो कपडा लगाइयो । तिहाड जेललाई पूर्णतः लकडाउन गरियो । जेलबाहिर अर्धसैनिक बल भारी संख्यामा तैनाथ गरियो ।
तिहाडमा पहिलोपटक चारै दोषीलाई एकैपटक फाँसी दिने तयारी गरिएको थियो । फाँसीका लागि लगभग १० फिटको तख्ता पहिलेदेखि नै तयार थियो । जेल सुपरिटेन्डेन्ट, डेपुटी सुपरिटेन्डेन्ट र चिकित्सक पनि तिहाड जेलमा उपस्थित थिए । त्यसपछि चारै दोषीलाई फाँसी घर लगियो । सबै आरोपितहरूको अनुहारमा कपडा बेरियो र हातगोडा बाँधियो ।
पौने ६ बजे उनीहरूको गलामा फाँसी लगाइयो । त्यसपछि लेभर खिचेर उनीहरूलाई झुण्ड्याइयो । यसरी निर्भयाले सात वर्षपछि न्याय पाइन् ।
चारैको शव आधा घन्टासम्म तख्तामा झुण्ड्याइयो । सबा ६ बजे उनीहरूको शरीर जाँचियो । मेडिकल अफिसरले चारै दोषीलाई मृत घोषणा गरे । दोषीहरूले जेलमा कमाएको पैसा उनीहरूको परिवारको मानिसलाई दिइने तिहाड जेल प्रशासनले जनाएको छ । अनि उनीहरूका कपडा र सबै सामान परिवारका मानिसलाई दिइनेछ ।

Share This
  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares