सुनको मूल्य दिनदिनै ओरालो
४ चैत (काठमाडौं)
नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ ।
सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।