कोरोनाको उपचार गर्नै स्टार होटललाई अस्पताल

कोरोनाको उपचार गर्नै स्टार होटललाई अस्पताल

चैत २ (काठमाण्डौं)
पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न शुरु गरेका छन ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै रोनाल्डोले होटललाई अस्पतालमा परिवर्तन गरेका हुन ।
बिश्वभर कोरोनाको संक्रमण फेलिरहेको बेला उक्त क्षेत्रमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेका हुन् ।
रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्रा्ष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् ।
रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको निस्शुल्क उपचार गर्न लागेको बताईएको छ ।
रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत गर्नेछन् ।
पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएको छ ।अहिलेसम्म कसैको ज्यान भने गएको छैन । एजेन्सी

Share This
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares