मैत्री खेलमा टिम त्रिपुरा विजयी

मैत्री खेलमा टिम त्रिपुरा विजयी

सुदीप थापा, २७ फागुन (धनगढी)
सोमवार धनगढीको डल्लु फुट्सलमा आयोजना भएको फुट्सल प्रतियोगितामा टिम त्रिपुरा विजयी भएको छ ।
स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनारालाई आत्मसात गर्दै डल्लु फुट्सलका पत्रकारको समुहले मैत्रीपुर्ण खेल आयोजन गरेका हुन् । उक्त खेलमा दुई टिम त्रिपुरा र टिम उग्रताराले प्रतिस्पर्धा गरेका थिए ।
टिम त्रिपुराले १२ गोल गरेको थियो । उग्रताराले ५ गोल मात्र गर्न सकेको थियो । टिम त्रिपुराका खेम मिश्रले खेलमा ७ गोल गरेर उत्कृष्ट खेलाडी घोषित भए । टिम त्रिपुरामा पत्रकार शिवराज भट्ट (टिम क्याप्टेन), गोविन्द रोस्यारा, खेम मिश्र, सुदिप थापा, डिआर पनेरु, महेश कुवँर रहेका थिए । टिम उग्रतारामा दिल बहादुर छत्याल (टिम क्याप्टेन), भानुभक्त आचार्य, पुस्कर पौडेल, किशोर जोशी, टंक कुवर, तेज भट्ट रहेका थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •