कालोबजारी गर्नेलाई २ लाख जरिवाना

कालोबजारी गर्नेलाई २ लाख जरिवाना

२६ फागुन (धनगढी)
वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले मास्क बिक्रिमा कालोबजारी गर्ने धनगढीस्थित न्यू शुशील श्रृङ्गार पसलका सञ्चालक सन्ध्या अग्रवाललाई २ लाख जरिवाना गरेको छ । उक्त पसलका सञ्चालकले ६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेर कालोबजारी गरेको आरोप छ ।
बजार अनुगमनका क्रममा कार्यालयले सोमबार ६ रुपैंया पर्ने मास्कलाई ३० रुपैंयामा बेच्ने गरेको, श्रृङ्गारका सामाग्रीमा लेबल नतोकिएको, म्यादगुज्रेका सामाग्री बेचेको पाएपछि सञ्चालक सन्ध्या अग्रवाललाई कारवाही गरिएको कार्यालय प्रमुख कमल पुनले बताए ।

Share This
  • 123
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    123
    Shares