काेराेना सतर्कता-चिसापानीमा हेल्थ डेस्क

काेराेना सतर्कता-चिसापानीमा हेल्थ डेस्क

२६ फागुन (धनगढी)
सामाजिक विकास मन्त्रालयले कैलालीको चिसापानीमा सोमबार हेल्थ डेस्क स्थापना गरकेो छ । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले कोराना भाइरसको सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउने निर्णयपछि कामलाई तिब्रता दिइएको हो ।
चिसापानीमा स्थापना गरिएको हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी खटाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हेल्थ असिस्टेन्ट परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डेस्कपरिचालित स्वास्थ्यकर्मीले त्यहाँबाट आउनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै कोरोेना भाइरसबाट बच्ने उपायबाट स्वास्थ्य सचेतना दिने काम गर्ने मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले बताएका छन् । मन्त्रालय र लम्कीचुहाको नगरपालिकाको सहकार्यमा डेस्क स्थापना गरिएको हो । त्यस क्षेत्रका विरामीका लािग टीकापुर अस्पतालमा आइसोलेसन वार्ड बनाइएको खड्काले बताए । यस्तै एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ । डेस्क स्थापना कार्यक्रममा लम्कीचुहाका नगरप्रमुख महादेव बजगाई, स्वास्थ्य संयोजक जयन्ती बिसी,
यसैबीच स्वास्थ्य निर्देशनालयले सोमबार एक अपील जारी गर्दै विश्वमा कोरोना भाइरसको प्रकोप फैलिदै गएको भएपनि यथार्थभन्दा त्रास फैलाउने सुचनाहरु प्रवाह भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सचेत रहन आग्रह गरेको छ । निर्देनालय निर्देशक डा. गुणराज अवस्थीले हाल राज्यका जिम्मेवार निकायहरु रोग भित्रन नदिन र आइहाले उपचार व्यवस्थापन तथा रोकथाम गर्न तिब्ररुपमा तयारीमा जुटिरहेको जानकारी गराएका छन् ।

Share This
  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares