कोरोनाको आतंक हैन, सजकता अपनाऔ

कोरोनाको आतंक हैन, सजकता अपनाऔ

२५ फागुन (धनगढी) जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले आतंकित नहुन तर सजग रहन आग्रह गरेका छन् । उका अनुसार विश्वमा हालसम्म ९८ हजार ४२२ जनालाई कोरोना संक्रमण प्रमाणित भएको छ । उपाचारपछि ५५, ६३२ कोरोनामुक्त भएर घर फर्किएका छन् । ५६ प्रतिशतलाई निको भएको समाचार अत्यासलाग्दो होइन ।
हालै संक्रमण भएका ३९ हजार ४०५ जनामध्ये ३३, १३३ जना अर्थात ८४ प्रतिशत सामान्य अवस्थामा छन् । ( चीनमा हाल १६० जना मात्र नयाँ बिरामी थपिएका छन् । अर्थात चीनमा कोरोना नियन्त्रण हुँदैछ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा जम्मा ३१ जनालाई कोरोना संक्रमण भएको छ । उनले मास्कको अभावले चिन्तित हुनु नपर्ने औल्याएका छन् । मास्क लगाउनुका आफ्नै दुख छन्, उचित तरिकाले नलगाए झनै खतरा हुन्छ । मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एबम बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीका लागि हो ।
नेपालमा हालसम्म ४३३ जनालाई कोरोना परीक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको छ । उनी निको भएर घर फर्किएका छन् । अत्यावश्यक काम बाहेक घरमै बस्नेलाई कोरोना संक्रमणको डर हुँदैन । त्यसो त हाल नेपालमा १ जना पनि कोरोना संक्रमण प्रमाणित भएको व्यक्ति छैन । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय अन्तर्गतका स्वास्थ्य संस्थाहरुले नौ वटै जिल्लामा कोरोनाबाट जोखिन अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •