बलात्कार आरोपमा प्रदेश सांसद पक्राउ

बलात्कार आरोपमा प्रदेश सांसद पक्राउ

२१ फागुन (धनगढी)
बलात्कार प्रयास गरेको उजुरी परेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावल बुधवार पक्राउ परेका छन् ।
धनगढीकै एक महिलाले आफूमाथि गत माघ २१ गते प्रदेश सांसद रावलले बलात्कार प्रयास दावी गर्दै यसै फागुन १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए । रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित नेकपाका सांसद हुन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •