फाउण्डेसनद्धारा धुर्जन्नामा स्वास्थ्य शिविर

फाउण्डेसनद्धारा धुर्जन्नामा स्वास्थ्य शिविर

सुदीप थापा, १७ फागुन (धनगढी)
सुदूरपश्चिम फाउण्डेशन धनगढीले धनगढी उपमहानगर पालिका–१७ धुर्जन्नामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । माया मेट्रो अस्पताल धनगढीको सहकार्यमा शनिबार फाउण्डेशनले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
विशेषज्ञ डाक्टरहरुसहित सञ्चालन गरिएको शिविरमामा धुर्जन्ना क्षेत्रका ४९० जना विरामीले निशुल्क स्वास्थ्य सेवा पाएका छन् । स्त्रीरोग विशेषज्ञ डा. रवीन्द्रदेव भट्ट, जेनरल फिजिसियन विष्णुप्रसाद जैशी र नाक, कान घाँटी रोग विशेषज्ञ डा. डीआर कँडेलले उपचार सेवा प्रदान गरेका थिए । ‘धुर्चन्ना क्षेत्रमा रहेका ३ वटा सुकुम्वासी वस्तीलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेका हौं’ फाउण्डेसनका अध्यक्ष भरत शाहले भने, ‘सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सक्रिय युवाहरु जुटेर सामाजिक संस्था स्थापना गरेका हौं ।’
माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले फाउण्डेशनको सक्रिय टीमसँग सहकार्य गरेर सामाजिक सेवा गर्न पाएकोमा खुसी ब्यक्त गरे । ‘धुर्जन्नाको शिविरमा एक लाख ७५ हजार बराबरको औषधी निशुल्क वितरण गरेका छौं,’ साउँदले भने, ‘आगामी दिनमा पनि फाण्डेसनसँग सहकार्य गर्दै दुर्गम क्षेत्रमा यस्तै निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालनमा सहयोग गर्नेछौं ।’
फाउण्डेशनका उपाध्यक्ष जगत कुँवरले फाउण्डेशन स्थापनाको छोटो अवधिमा थुप्रै सामाजिक सुधारका योजनाहरु कार्यान्यनको तयारी गरिएको बताए । ‘शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विशेष प्राथमिकताका साथ अन्य क्षेत्रमा पनि काम गर्ने योजना बनेको छ’ उपाध्यक्ष कु“वरले भने ।

Share This
  • 819
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    819
    Shares