म स्वस्थ, मेरो गाउँ स्वस्थ

म स्वस्थ, मेरो गाउँ स्वस्थ

१६ फागुन (अछाम)
बान्नीगढी जयगढ गाउँपालिकामा म स्वस्थ, मेरो गाउँ स्वस्थ्य अभियान सुरु भएको छ ।
गाउँपालिकाभरिका बासिन्दालाई समग्र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । अभियान अन्तरगत गाउँपालिका भरिका सम्पूर्ण वडाहरुमा पनि नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम लागू गरिएको छ ।
कार्यक्रम अन्तरगत गाउँपालिका स्तरिय एक दिने नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको हाे । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नसर्ने रोगका असर, बच्न र बचाउन सकिने उपायहरु, नेपालमा यस्लाइ कम गर्न भैरहेको प्रयास सम्बन्धि जानकारी गराउँदै जिल्ला जनस्वास्थ्य प्रमुख झनक ढुंगानाले सहजीकरण गरेका थिए ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares