धनगढी खुलामञ्चमा सुदूरपश्चिमका खाना

धनगढी खुलामञ्चमा सुदूरपश्चिमका खाना

सुदीप थाप, १४ फागुन (धनगढी)
सात सय लिटर एकै पटक पाक्ने ताप्केमा भकभक मासको फाणो पाकेको छ। गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरेलगायतका सुदूरपश्चिमका मौलिक खानाका परिकारहरुको स्वाद अहिले धनगढीको खुलामञ्चमा लिन पाइन्छ ।
बुधबारदेखि धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल व्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका– १ स्थित खुला मञ्चमा महोत्सव शुरु भएको हो ।
खाना महोत्सवको पञ्चकन्याले नरसिंगको धुनको साथमा ९ वटा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको हो। विभिन्न जातजातिका पञ्चकन्या, पञ्चेबाजा मध्येको एउटा सुदूरपश्चिमको मौलिक बाजा नरसिंग र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको प्रतिनिधित्व गर्दै ९ वटा दिप प्रज्वलन गरेर खाना महोत्सवको उदटन गरिएको हो।
प्रदेशका सबै जिल्लाको सहभागीता र प्रतिनिधित्व हुने गरी ९ वटा दिप बालेर प्रदेशमा वसोवास गर्ने सबै जातजातीलाई समेट्ने गरी पञ्चकन्याबाट संसारभरी फैलिओस् भनेर नरसिंगको रुपको साथमा मौलिक रुपमा उदटन गरेको होटल व्यवसायी संघ कैलालीका महासचिव केशव पाण्डेयले बताए ।
महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खाना तथा प्रचलित खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने गरिरहेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •