भारतमा दंगा

भारतमा दंगा

१३ फागुन (नयाँ दिल्ली)
भारतको राजधानीमा विपक्षी समूहहरूबीच मंगलबार झडपमा कम्तिमा सात जनाको मृत्यु भएको र १५० जना घाइते भएको बताइएको छ । एक प्रहरी अधिकारीले मंगलबार भने, ‘दुई महिनाअघि नयाँ नागरिकता कानूनको बिरूद्ध विरोध सुरू भएदेखि शहरको सबैभन्दा भयानक दंगा भएको छ ।’
प्रहरी अधिकारी अनिल मित्तलले सोमबार भएको हिंसामा करीव १५० जना घाइते भएको जानकारी दिए । उनले भने, ‘दिल्ली पुलिसका एक हेड कांस्टेबललगायत सात जनाको मृत्यु भएको छ ।’
शहरको उत्तरपूर्वी जिल्लामा हजारौं व्यक्तिले नयाँ नागरिकता सम्बन्धी कानूनको पक्षमा र प्रदर्शनको बिरूद्ध झगडा सरु भएको थियो । प्रहरीले अश्रु ग्याँस र धुवाँ ग्रेनेड प्रयोग गरेको भएपनि भिड नियन्त्रण हुन सकेन ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •