‘हिंसाबाट बच्न आत्मविश्वास र सतर्कता आवश्यक’

‘हिंसाबाट बच्न आत्मविश्वास र सतर्कता आवश्यक’

मनिशा श्रेष्ठ, १३ फागुन (धनगढी)
‘सशक्त महिला, शुन्य लैङ्गीक हिंसा’ भन्ने मुल नाराकासाथ लैङ्गिक हिंसा बिरुद्ध आत्मरक्षा तथा उत्प्रेरणा अभिबृद्धि कार्यक्रम मंगलबार कैलाली बहुमुखी क्यम्पसको सभाहलमा आयोजना गरीएको छ । युनाइटेड ग्रुप धनगढीको आयोजना तथा युवा शान्ति परिषद् नेपाल धनगढीको सहकार्य र धनगढी उपमहानगरपालिकाको प्रायोजनमा कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा तीन सयभन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो । उनीहरुलाई हिंसाबाट बच्ने, महिला आफै सजग र जिम्मेवार हुने उपायका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाको उपमेयर शुसिला मिश्र, कैलाली बहुमुखी क्यम्पसका प्रमुख डा. पदमराज जोशी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्ट, युुनाईटेड ग्रुपका संयोजक मोहन खड्काले किशोरी तथा महिलाहरुले हिंसाबाट जोगिन आवश्य आत्मविश्वास, सतर्कता, कानुनी उपचार लगायतका विषयमा चर्चा गरेका थिए ।

Share This
  • 106
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares