भीम रावलद्धारा आलोचना

भीम रावलद्धारा आलोचना

१३ फागुन (काठमाण्डौं)
नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको कार्यक्रममा नेपालको नक्सा अंकित केक काटिएको विषयमा आलोचना गरेका छन् ।
नेता रावलले आफ्नो ट्व्वीटमा लेखेका छन् केक काट्ने नेपाली संस्कृति होइन र यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठीक होईन । नेता रावलले पार्टीको निर्णयअनुसार बनेको आचार संहिता मान्ने हो भने त यस्तो तामझामका साथ जन्मदिन मनाउनै नहुने भनेका छन् ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares