खानेपानी आयोजनाको निरीक्षणमा राष्ट्रपति

खानेपानी आयोजनाको निरीक्षणमा राष्ट्रपति

१२ फागुन (धनगढी)
राष्ट्रपतिको कार्यालयले सुदूरपश्चिमका प्रदेश सचिवलाई पत्राचार मार्फत गराईको जानकारीअनुसार राष्ट्रपति विद्या भण्डारीले सुदूरपश्चिममा गर्ने भ्रमणका क्रममा धनगढीको शिवनगर खानेपानी आयोजनाकोसमेत निरीक्षण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति जस्तो सर्वोच्च अहोदामा बसेको व्यक्तिले ससाना कार्यक्रममासमेत सहभागी हुन नहुने भन्दै विगतदेखि नै टिप्पणी हुने गरेको छ ।
राष्ट्रपति भण्डारील फागुन १४ गते मध्यान्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने मुख्य कार्यक्रम हो । त्यस क्रममा राष्ट्रपतिको कार्यालयले अन्य ७ वटा कार्यक्रम पनि जोडेर तािलका सार्वजनिक गरेको छ ।
विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र सोही दिन २ बजे शिवनगर खानेपानी आयोजनाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरिक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । त्यसपछि राष्ट्रपतिले डडेल्धुरास्थित उग्रताराको दर्शन कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा पनि सहभागी हुने कार्यक्रम राखिएको छ ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares