मन्त्री बर्खास्त माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

मन्त्री बर्खास्त माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

८ फागुन (काठमाण्डौं)
राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
बिहीबार बसेको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बास्काटोको विवादास्पद अडियो सार्वजनिक भएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।
७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको भन्दै उनले सरकारको प्रवक्तासमेत रहेको र प्रधानमन्त्री केपी ओली निकटस्थसमेत रहेको मन्त्रीले सीधै कमिसनको कुरा गर्नु आपत्तिजनक भन्दै भत्र्सना गरे ।
उनले अविलम्ब सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग गरे । निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न नसक्ने देवले बताएका ।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares