बैतडीमा घुस लिने इन्जिनियर पक्राउ

बैतडीमा घुस लिने इन्जिनियर पक्राउ

७ फागुन (बैतडी)
अख्तियारको टोलीले बेतडीमा इन्जिनियरलाई पक्राउ गरेको छ । बुधबार एक लाख घुस रकमसहित जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकमसहित पक्राउ परेका हुन्। उनलाई आज बिहानै कार्यालयबाट पक्राउ गरिएको हो ।
चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले बताए ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares