महरालाई सफाइ

महरालाई सफाइ

५ फागुन (काठमाण्डौं)
बलात्कार प्रयासको आरोपमा बन्दी रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा उनी गत १९ असोजमा पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए । सफाइ पाएसंगै महराको सांसद पदको निलम्बन फुकुवा हुने छ ।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares