फैसला सुन्न महरा अदालतमा

फैसला सुन्न महरा अदालतमा

५ फागुन (काठमाण्डौं)
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको अन्तिम फैसला सुन्न जिल्ला अदालत काठमाण्डौं पुगेका छन् । बलात्कार प्रयास अभियोगमा जेल परेका उनको मुद्दाको सुनुवाई सोमबार हुदैछ ।
उनी महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । फैसलाको प्रतिक्षमा रहेका महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका छन् ।
बहस सकेर आइतबार नै फैसला हुने भनिए पनि उक्त मुद्दा हेर्दा हेर्दैमा सोमबारलाई राखिएको थियो ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा बस्दै आएका छन् ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares