साल्ट ट्रेडिङको नायब महाप्रबन्धकमा पाण्डे

साल्ट ट्रेडिङको नायब महाप्रबन्धकमा पाण्डे

सुदीप थापा, २ फागुन (धनगढी)
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशब प्रसाद पाण्डे नायब महाप्रबन्धकमा बढुवा भएका छन् । ०४० सालमा कर्पोरेशनमा सेवा प्रवेश गरेका पाण्डे एघारौं तहको नायब महाप्रबन्धक पदमा वढुवा भएका हुन् । पदपूर्ति समितिले शुक्रबारको गोरखापत्रमा प्रकाशित गरेको सुचनामा पाण्डेको नाम पहिलो नम्बरमा छ । पाण्डे ०५६ सालदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीमा कार्यरत छ्न् । उनले सेवा आरम्भ गरेका बेला यहाँका २ प्रतिशतले मात्रै आयोडिन नुन सेवन गर्ने गर्थे । अहिले ८५ प्रतिशत नागरीकले सेवन गर्ने गरेको पाण्डेको भनाई छ । साल्ट ट्रेडिङले सुदूरपश्चिममा ९ वटै जिल्लामा कार्यालय र बिक्रि केन्द्र गरी ३१ वटा ठाउँबाट सुपथ मुल्यमा आयोडिन नुन, चिनी र रसायनिक मल बिक्रि वितरण गर्दै आएको छ ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares