थरुहट प्रतिनिधिद्धारा आमरण अनसन सुरु

थरुहट प्रतिनिधिद्धारा आमरण अनसन सुरु

पवित्रा केसी
२ फागुन, (धनगढी)
थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा धनगढीमा बिहिबारदेखि आमरण अनसन सुरु भएको छ । टिकापुर घटनाको झुटा मुद्दा खारेज, उक्त घटना मुद्दाको छानवीनका लागि गठित उच्च स्तरीय अधिकार सम्पन्न आयोगको प्रतिवेदन सार्वजनिक गर्न, थरुहट थारुवान र आदिवासी जनजाति, दलित मुिस्लम, मधेशीलगायतसँग भएका सहमतिहरु कार्यान्वयन गर हुनुपर्ने लगायतका माग गर्दै अनसन सुरु गरेका छन् ।
अनसनमा लिम्बुवान, खुम्बुवान, नेवार समूदायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा थारुवान मोर्चाका सल्लाहकार सुरेन्द्र चौधरीले राज्यसँग कुनै भिख मागेको नभई आफुहरुले अधिकारका लागि भएको बताए । उनले जेलबन्दी रहेकाहरुलाई अमानवीय व्यवहार गरेको बताए ।
त्यस्तै खसान संघ समितिका केन्द्रिय उपाध्यक्ष रघुवीर ठगुन्नाले आफ्ना प्रतिनिधिहरुलाई फसाइएको दावी गरे ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •