माधव र बाबुराम विरूद्धको मुद्दा प्रधानन्यायधिसको इजलासमा

माधव र बाबुराम विरूद्धको मुद्दा प्रधानन्यायधिसको इजलासमा

२ फागुन (काठमाण्डौं)
पूर्वप्रधानमन्त्रीद्वय नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र संघीय समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईविरूद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ ।
बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने तत्कालीन मन्त्रिपरिषद्ले निर्णय गर्दा उनीहरु नै प्रधानमन्त्री रहेको र नीतिगत निर्णय भन्दै अख्तियारले मुद्दा दायर नगरेपछि सर्वोच्चमा रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित एक सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares