कारागारका कैदीबन्दीलाई गुलाफ उपहार

कारागारका कैदीबन्दीलाई गुलाफ उपहार

२ फागुन (धनगढी)
भ्यालेन्टाईन डे अर्थात विश्व प्रेम दिवस कैलालीमा फरक ढंगले मनाईएको छ । सामाजिक कार्य सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पिनेस सुदूरपश्चिमका प्रतिनिधिले कैलाली कारागारमा रहेका कैदीबन्दीहरुसंग प्रेम दिवस मनाएको छन् । ह्याप्पिनेसले कारागारमा आश्रित ४ सय ७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिदै प्रेम दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले प्रेम रुपलाई होईन मानवतालाई गर्नुपर्छ भन्ने हेल्फ फर ह्याप्पीनेसको उद्देश्य अनुसार कैदीबन्दीसंग भ्यालेन्टाईन डे मनाईएको बताए । भण्डारीले कारागारमा आश्रीत सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिनका लागि प्रेम स्वरुप रातो गुलाब उपहार दिएको जनाए। प्रेम प्रेमी र प्रेमिका बिचमा मात्र सीतित नहुने सन्देश दिनु पनि आफूहरुको उद्देश्य भएको भण्डारीले कार्यक्रममा सबैलाई जानकारी दिए । उनले कानून भन्दा माथि कोही नहुने भएकाले जान÷अनजानमा भएका गल्तीको सजायको भागेदार भएको भन्दैमा विचलित नहुन आग्रह गरे । कारगारको जीवनलाई सिकाईको रुपमा लिएर परिवार, समाज र देशका लागि काम गर्नेमा हेल्फ फर ह्याप्पीनेस विश्वस्त रहेको भण्डारीले बताए ।

Share This
  • 200
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    200
    Shares