फर्जी आशंकामा प्रशासनले झिकायो नागरिकता

फर्जी आशंकामा प्रशासनले झिकायो नागरिकता

सुदीप थापा, २ फागुन (धनगढी)
धनगढीकाे लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिमा रहेर कार्यालय सचिवको कार्य गर्दै आईरहेका हरि न्यौपानेका नामले चिनिने (हाल नेपाली नागरिकता प्राप्त भारत सिक्किम जन्मेका) दण्डपाणी न्यौपानेले लिएको नेपाली नागरिकता फर्जी भएकाे आश‌‌कामा जिल्ला प्रशासन कार्यालय कैलालीले झिकाइएको छ ।
भारतको सिक्किममा आमा कुलमायाका चार छोरा मध्ये हरि न्यौपाने (दण्डपाणी) माईला हुन । प्रशिद्द लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिमा रहेर विगतदेखि हर्ताकर्ता रहेका हरि न्यौपाने(दण्डपाणी) नगरिकता प्रकरणमा मुछिएका छन् । उनले दण्डपाणी न्यौपानेको नाममा जिल्ला प्रशासन कार्यालय कैलालीबाट वंशजका आधारमा २०७०।११।१२ गतेका दिन नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
नेपाली नागरिकता प्राप्त गरिसकेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्ति टोलमा घरजम गरेका हुन् । न्यौपानेलाई नेपाली नागरिकता प्रदान गरिसकेपछि लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिका अध्यक्ष एवं मठाधिस १००८ स्वामी देवराज आचार्यले शान्तिनगरमा रहेकाे एक कटठा जमिन उनकै नाममा पास गरिदिए थिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा न्यौपानेको नागरिकता बदर हुनुपर्ने मागसहित उनी विरुद्ध उजुरी परेपछि प्रशासनले नागरिकता तानेर अनुसन्धान सुरु गरेकाे हाे । नेपालीले समेत प्रकृया पुगाएर त्यति चाँडो नेपाली नागरिकता पाउन सक्दैनन् तर भारतमा जन्मेका व्यक्ति जसको जन्म दिने आमा कुलमाया न्यौपाने अझै सिक्किममा छन् । उनी विगतमा पनि नेपालमा पटक पटक आउने गर्थिन, त्यस्ता व्यक्तिलाई टुहुरो बनाएर १००८ स्वामी देव।राज आचार्यले नागरिकता दिलाउनका पहल गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा निवेदन परेपछि हरि न्यौपाने (दण्डपाणी)को नेपाली नागरिकता झिकाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

Share This
  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares