छाउगोठ प्रथा हटाउन अन्तरक्रिया

छाउगोठ प्रथा हटाउन अन्तरक्रिया

गगन अयडी, १ फागुन (धनगढी)
बाजुराको त्रिवेणी नगरपालिकाकामा ब्याप्त छाउगोठ परम्परा अन्त्य गर्न २ दिने अन्तरक्रिया कार्यक्रम बिहीबारदेखि सुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा जनप्रतिनिधी, सुरक्षकर्मी, धामीझाक्री, शिक्षिका ,स्वास्थ्यकर्मीलगायत सरोकारवालाको उपस्थिती रहेको त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सांउदले बताए ।
नगरपालिकामाका सम्पुण सरोकारवाला र जनप्रतिनिधिले सेनेटरी प्याड बोकेर आफै गाउँ गएर जनचेतना फैलाउन आवश्यक रहेको त्रिवेणी नगरपालिकाकी उप प्रमुख राधिका सुनारले बताइन् । उनले भनिन् ‘गाउँगाँउ नजाग्दासम्म नगरपालिकामा छाउगोठप्रथा अन्त्य गर्न कठिन हुने छ ।’

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •