एमसीसी कार्यदलले १० दिन थप माग्यो
२९ माघ (काठमाडौँ)
१० दिने म्याद बुधबार सकिएपछि नेकपा केन्द्रीय समिति बैठकले गठन गरेको एमसीसी अध्ययन कार्यदलले १० दिनको समय माग गरेको छ ।
अमेरिकी सहयोग निगमसँग भएको एमसीसी सम्झौताबारे अध्ययन गर्न गठन गरिएको वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदलले थप अध्ययनका लागि १० दिन म्याद थपिदिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग माग गरेका हुन् ।