को हुन नवनियुक्त आईजीपी ज्ञवाली ?

को हुन नवनियुक्त आईजीपी ज्ञवाली ?

२९ माघ (काठमाडौँ)
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो ।
बाबु नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीका माइला छोरा ठाकुर हालका आईजीपी सर्वेन्द्र खनालसँगै सेवा प्रवेश गरेपनि त्यसबेला केही अधिकृतलाई पासआउटमा वैकल्पिक समूहमाराखेपछि उनको नियुक्ति पर धकेलिएको थियो ।
हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका विभिन्न मिसनमा बसेर पनि सेवा गरेका ज्ञवाली आईजीपी हुनु अघि प्रदेश १ का प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
२०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डीआईजीमा बढुवा भएका थिए। एसएसपी हुँदा प्रहरी महानिरीक्षककोसचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र बुटवल प्रहरी तालीम केन्द्रको ‘कमाण्डेण्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा,महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए।
उनका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि प्रहरीमै एसएसपी छन् ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares