ट्याक्टर दुर्घटना एकको मृत्यु, १३ घाइते

ट्याक्टर दुर्घटना एकको मृत्यु, १३ घाइते

सिन्धुली : दाउरा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको दुधौली नगरपालिकाको डकाहा चकमके सडकखण्डको टोड्केपानी जंगलबाट दाउरा लिएर डकाहातर्फ आउँदै गरेको लु ८३ त ६८९० नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना हुँदा दुधौली १ गिचियानीका ७० वर्षीय ब्रमलाल धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी श्याम बहादुर खत्रीले जानकारी दिए।

दुधौली नगरपालिका १ का राम भरोसा धामी, मकुमार धामी र शुक्ला धामी गम्भीर घाइते भएका छन्। उनीहरुको टाउकोमा गम्भीर चोट देखिएको छ ।  स्थानीय एक आफन्तको १३ औं दिनको पुण्यतिथीका लागि दाउरा बोकेर आएको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको खत्रीको बताए । ‘घाइतेलाई राति उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका ल्याइएको छ । गम्भीर घाइतेमध्ये राजन पुरी र रामकुमार धामीलाई थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको छ,’ उनले भने ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर सिन्धुली अस्पतालमा ल्याइएको छ । दुर्घटनाका मृतक र घाइते सबै एक गाउँमा हुन् । Annapurna Post
 

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares