धनगढीका मेयरले पूर्वाग्रह राखेको आरोप

धनगढीका मेयरले पूर्वाग्रह राखेको आरोप

वडा कार्यालयमा तालबन्दी

सुदीप थापा, २३ माघ (धनगढी)
टेण्डर भइसकेको योजनाको बजेट अन्यत्रै हालेको भन्दै उपमहानगरपालिका विरुद्ध वडाका जनप्रतिनिधि र स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले राजनीतिक प्रतिशोधका कारण उपमहानगरले त्यसो गरेको आरोप लगाएका छन् ।
संघीय सरकारबाट विनियोजित ४ करोड ४० लाखमध्ये १ करोड ६० लाख बजेटमा आर्यघाट निर्माणका लागि टेण्डर आव्हान भइसकेको थियो । वडा नम्बर ३ को बडहरामा बन्ने आर्यघाटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भइसकेको छ । स्थानीयको भनाईअनुसार नगर प्रमुखले प्रलोभनमा परेर आर्यघाट सार्ने चलखेल गरेका हुन् । वडा नम्बर ३ मा अध्यक्षसहित ३ सदस्य नेकपाका छन् ।
उनीहरुले माग पुरा नभएसम्म ताला नखोल्ने बताएका छन् ।
नगर प्रमुख वडले स्थानीयकै कारण आर्यघाट सार्न खोजिएको बताएका छन् । ‘२ वर्षदेखि आर्यघाटको लागि योजना बनाएर काम सुरु गरेका थियौँ,’ नगर प्रमुख वडले भने, ‘स्थानीय र वडाका जनप्रतिनिधिहरुले नै काम गर्न दिएनन् ।’ वडा कार्यालयमा ताला लगाउने कुरा उचित नभएको भन्दै मेयर वडले आवश्यकता आधारमा काम गर्ने बताए ।

Share This
  • 242
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    242
    Shares