बलात्कारपछि हत्यामा संलग्नलाई जन्मकैद फैसला

बलात्कारपछि हत्यामा संलग्नलाई जन्मकैद फैसला

सुदीप थापा, २३ माघ (धनगढी)
गत बर्षको असारमा कैलालीको गौरीगंगा नगरपालिका– ११ की बलात्कारपछि हत्या गरिएकी माया बिकको मुद्दाका आरोपित ५ मध्ये ४ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको छ । उनीहरुमाथि अभियूक्तहरुमाथि अपहरण, जवरजस्ती करणी र कर्तब्य ज्यानको माग दावी गरिएको थियो ।
सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई जन्मकैद तोकिएको हो । उनीहरुमध्ये सुरज चौधरी र भुवन खातीलाई जवरजस्ती करणीको अभियोगमा थप कसूर ठहर गरिएको अदातका श्रेष्तेदार राइभान कुन्जेडाले बताए । अर्का अभियुक्त तपेन्द्र बोगटीको हकमा भने मुलुकी ऐन ज्यानसम्बन्धि महलको १७ (२) को प्रावधान बमोजिम कावाही हुने उल्लेख गरिएको छ । जसअनुसार उनलाई ५ बर्ष कैद हुनेछ ।
जिल्ला न्यायधिस कृष्णप्रसाद नेपालको इजलासले फैसला सुनाएको हो । ०७५असार १२ गते बेपत्ता मायाको १५ गते गाउँ नजिकैको स्थानीय चपरथली सामुदायिक बनमा शब भेटिएको थियो ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares