ट्राफिक प्रहरीले नयाँ हेल्मेट लगाइदिएपछि‍‍…

ट्राफिक प्रहरीले नयाँ हेल्मेट लगाइदिएपछि‍‍…

सुदीप थापा, २२ माघ(धनगढी)
बुधवार दिउसोको करिव एक बजेको समय । संघीय प्रहरी ईकाइ कार्यालयको मैदान अगाडीको सडकमा ट्राफिक प्रहरीको बक्लो उपस्तिथि थियो । यसो हेदा प्रहरीले कुनै सर्च अपरेशन पो गर्दै छ कि जस्तो महसुस आम सर्वसाधारणले गर्दै थिए ।
त्यसै समयमा एक कार्यक्रम अयोजना गरियो । कार्यक्रमको बारेमा पुर्व जानकारी नभएकाले मोटरसाईकल चालकको सुरक्षाको लागि उक्त कार्यक्रम रहेको कसैले पनि ठम्याउन सकेका थिएनन् । नियमित रुपमा सुदूरपश्चि प्रदेशमा सञ्चालन भईरहेको सामुदायिक प्रहरी सझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको व्यानर टास भईसकेपछि औपचारिक कार्यक्रम रहेछ भनि सर्वसाधारणले ठम्याएका थिए ।
ट्राफिक प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ र कैलाली जिल्ला ट्राफिक प्रहरीकाका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार ठकुराठी सहितको टोली उक्त कार्यक्रममा भएको सहभागिताले टाडैवाट मोटरसाईकल चालकको गति पनि नियन्त्रित थियो । धेरै सवारी चालक त कतै आफ्नो लाईसेन्स चेकीङ पो रहेछ, विलबुक चेकिङ पो भईरहेछ भन्ने सोचमा रहेका एक चालकले बताए ।
धेरैले व्यानर नियाले पछि उक्त कार्यक्रम जगदम्वा सिमेन्ट समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीको साझेदारीमा सञ्चालन भएको जानकारी पाएका थिए ।
प्रहरी उपरिक्षकको टोली सहित सवै आयोजकले जव सडकमा हिडिरहेका मोटरसाईकल चालकलाई रोकेर चालकको मोटरसाईकल पछाडि सवार व्यक्तिलाई नयाँ हेलमेट निशुल्क लागाईदिए पछि सवै हर्षित भएका चालकहरुको प्रतिक्रिया रह्यो । यो अहिलेको नयाँ अभ्यासपनि हो ।
मोटरसाईकल चालकसहित सवार व्यक्तिले पनि आफ्नो सुरक्षको निम्ति अनिवार्य रुपमा हेल्मेटको प्रयोग गर्नु पर्ने प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ बताए । सुरक्षित यात्राको लागि मोटसाईकल चालकले अनिवार्य हेल्मेटको प्रयोग गर्न कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको जिल्ला ट्राफिक प्रहरीकाका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार ठकुराठी बताए । कार्यक्रममा ३ सय ५० थान निशुल्क हेल्मेट वितरण गरिएको उनले जानकारी दिए ।

Share This
  • 209
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    209
    Shares