सिकिस्त सुत्केरीलाई आपतकालीन उद्दार

सिकिस्त सुत्केरीलाई आपतकालीन उद्दार

२१ माघ (धनगढी)
सुत्केरी भएपछि अत्यधिक रक्तश्रावले सिकिस्त भएपछि डोटीको दिपालय सिलगढी नगरपालिका ७ अडतोलाकी २५ वर्षीया अरुणा भण्डारीलाई थप उपचारका लागि मंगलबार सेनाको स्काई ट्रकबाट आपतकालीन उद्दार गरिएको छ । उनको शनिवार राति जिल्ला अस्पताल डोटीमा शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । त्यसपछि उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि आइतवार सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो ।
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसंगको समन्वयमा सिकिस्त भएकी भण्डारीको आपतकालीन उद्धार गरिएको हो ।

Share This
  • 111
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    111
    Shares