छानवीन माग गर्दै धनगढीमा प्रर्दशन

छानवीन माग गर्दै धनगढीमा प्रर्दशन

सुदीप थापा, २१ माघ (धनगढी)
गत शनिवार कैलालीको अत्तरियामा मृत फेला परेकी युवतीको हत्या भएको भन्दै मृतकका आफन्तले घटना छानवीनसहित न्यायको माग गर्दै बुधबार धनगढीमा प्रर्दशन गरेका छन् । गोदावरी नगरपालिका २ की उर्मिला बिष्ट कार्की मृत फेला परेकी थिइन् ।
मृतकका आफ्न्त तथा स्थानीयले महिला हिंसा अन्त्य गर, हत्यारालाई कारबाही गर, उर्मिलालाई न्याय दे र छोरी बुहारीलाई मार्न पाइदैनलगायतका नारासहित दिउसो धनगढीमा प्रदर्शन गरेका हुन् ।
घाँस काट्न घरबाट गएकी उर्मिला माघ १६ गतेदेखि हराएकी थिईन । मृतकका आफन्तले उनको खोजीका लागि १७ गते ईलाका प्रहरी कार्यालय अत्तरियामा निवेदन दिएका थिए । अत्तरियाको खानेपानी ट्यांकी नजिकै गोदावरी खोलाको किनारामा उनको शव १८ गते फेला परेको थियो । मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनका माईती पक्षले घटनाको निष्पक्ष छानविनको माग गर्दै शव बुझ्न दिएका छैनन् ।
यसअघि आईतबार प्रहरीले उर्मिलाका श्रीमान रमेश कार्कीसहित ४ जना आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहन गरेको आशंकामा श्रीमान कार्कीसहित नन्दहरु मन्धरी कार्की, लक्ष्मी कार्की बोहोरा र आरसु कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •