स्वास्थ्य वीमा अनिवार्य गर्नुपर्नेमा जोड

स्वास्थ्य वीमा अनिवार्य गर्नुपर्नेमा जोड

सुदीप थापा, २० माघ (धनगढी)
स्वास्थ्य वीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ९ वटै जिल्लाका गरी ४० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको उक्त अभिमुखिकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य वीमाको अवस्था, वीमितले पाएका सुविधाहरु, चुनौति र अवसरहरु, पत्रकारको भूमिका लगायका सवालहरुमा पत्रकारहरुलाई अभिमुखिकरण गरिएको हो ।
वीमा बोर्डका प्रदेश प्रमुख जनक साउँदले अनेकौ चुनौतिका बावजुद पनि छोटै अवधिमा सुदूरपश्चिममा स्वास्थ्य वीमा योजनाले फड्को मारेको बताए । ‘सुरु सुरुमा भएकाले अनेकौ चुनौति नभएका होइनन् तर यसप्रतिको आकर्षण दर हेर्दा यो कार्यक्रम पुर्ण रुपमा सफल भएको मान्न सकिन्छ ‘ उनले भने । स्वास्थ्य वीमा कार्यक्रम सुरु भएको चार बर्षमा १२ प्रतिशत जनसख्या आवद्ध भइसकेको उनले बताए । हालसम्म डोटी र डडेल्धुरा बाहेकका सुदूरपश्चिमका ७ जिल्लामा लागु भएको स्वास्थ्य वीमा कार्यक्रम लागु भएको छ । वीमा गरेकाहरु निशुल्क उपचार पाउने व्यवस्था छ ।
बोर्डका अनुसार यस प्रदेशमा कैलालीमा सबैभन्दा बढि स्वास्थ्य वीमित रहेका छन् भने दार्चुलाबाट हालसम्म सबैभन्दा कम छन् । फागुन भित्रै डडेल्धुरा र डोटीमा पनि कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य राखिएको उनले बताए ।
बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार २०६८ को जनगणनाअनुसार प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेकोमा हालसम्म २ लाख ५३ हजार आवद्ध भएका छन् । ‘अन्य देशमा ५० बर्ष लागेको छ । हाम्रो मा यो संख्या कम होइन’ प्रदेश संयोजक साउँदले भने । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा स्थानीय तहको निकै ठुलो भूमिका हुने भएकाले स्थानीय तहलाई त्यसतर्फ अभिप्रेरित गर्नुका साथै अपनत्व र अगुवाई गर्नपर्नेमा साउँदको जोड थियो ।
पत्रकारहरुले जिल्लामा स्वास्थ्य वीमाको अवस्था र आकर्षण तथा चुनौतिहरुबारे छलफल गरेका थिए । अभिमुखिकरणको सहजीकरण प्रदेश संयोजक साउँद, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिह कार्की, कैलाली जिल्ला संयोजक नरेशकुमार चौधरी र दत्त अधिकारी, अनमोल रावल र दिपक बिष्टले गरेका थिए । कुइका नेपालको आर्थिक सहयोगमा एक दिने प्रदेशस्तरीय पत्रकार अभिमुखीकरण सम्पन्न भएको हो ।
अभिमुखिरणमा उद्घाटन र समापन कार्यक्रम औपचारिक रुपमा गरिएको थियाे । उक्त कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहले वीमा बोर्डको सुदूरपश्चिम कार्यालयले ९ वटै जिल्लाका पत्रकारहरुलाई सहभागी गराएर गरिएको अभिमुखीकरणले सञ्चारका माध्यमद्धारा जनस्तरसम्म स्वासथ्य वीमाको महत्वबारे जानकारी प्रदान गर्न गराउन टेवा पुगने बताए । उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै स्वास्थ्य निर्देशनालयका डा‍ भुषण मिश्रले हरेक नागरिकले स्वास्थ्य वीमा गर्नु अनिवार्य रहेकाे वताए । समापन कार्यक्रममा कान्तिपुरका प्रदेश संयोजक चित्रांग थापाले पत्रकारहरुलाई विषयवस्तुको जानकारी गराइनु भनेको आमनागरिकलाई उक्त विषयको यथार्थ जानकारी गराउने प्रयास भएको धारणा ब्यक्त गरेका थिए । वीमा बोर्ड प्रदेश कार्यालयको पहलको प्रशंसा गर्दै थापाले हरेक नागरिकले स्वास्थ्य वीमा गर्नु अनिवार्य रहेको महसुस भएको बताए ।

Share This
  • 412
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    412
    Shares