ख्वै कहाँ छ बालअधिकार ? (फोटो फिचर)

ख्वै कहाँ छ बालअधिकार ? (फोटो फिचर)

उपेन्द्र शाह, १८ माघ, (वीपीनगर डोटी)
कतिपय बालबालिकाहरुको विद्यालय जाने उमेर घर्किन थालिसकेको छ । कापी किताब बोकेर स्कूल जाने उमेरमा यहाँ भने कैयौं बालबालिकाहरु सडकमा धुलोमाटो खेलेर दिनरात बिताउँन बाध्य छन् ।
सहजपुर दिपायल बोग्टान सडक निर्माणका क्रममा वीपीनगर खण्डमा काम गर्ने मजदुका बालबालिकाहरु विद्यालय जान पाउदैनन् । न त उनीहरुलाई स्वच्छ र सफा वातावरण छ, न त उचित आहार । थला पर्नेगरि विरामी नभएसम्म त ती बालबालिकाहरुले उपचार नै पाउदैनन् ।
सल्यान, प्युठान र कैलालीबाट कामदारहरु यस सडक निर्माणमा खटिउका छन् । धेरैजसो मजदुरहरु आफ्ना बालबच्चासहित आएका छन् । आमाहरुले कतिपयले बच्चाहरुलाई पिठ्युमा बाँधेर टाउकोमा ठुलठुला ढुंगा र सिमेन्ट ओसारिरहेका हुन्छन् । तर पिठ्युको बच्चाको कुनै वास्ता हुदैन् । कतिपय बालबालिकाहरु क्ठ्याग्रिदो चिसोमा पनि दिनभर ढुंगा माटोसंगै खेलिरहेका हुन्छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •