धनगढीमा शौक्षिक मेला हुने

धनगढीमा शौक्षिक मेला हुने

सुदीप थापा, १८ माघ (धनगढी)
धनगढी, काण्ठमाण्डौं र छिमेकी राष्ट्र भारतका शौक्षिक संस्थाहरुको सहभागितामा धनगढीमा २ दिने शैक्षिक मेलाको आयोजना हुने भएको छ ।
शनिवार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै हिमालयन एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिका प्रवन्धक भरतराज जोशीले माघ २२ र २३ गते मेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । मेलामा एसईई पछिका विधार्थीहरुका लागि आफ्नो भविष्यमा अध्यनका लागि छनौट गर्नुपर्ने विषयमा कार्यक्रम थलमा रहेका स्टलहरुमामार्फत जानकारी दिइने आयोजकले बताएका छन् । कार्यक्रमा शौक्षिक संस्थाहरुको २५ स्टलहरु राखिने छ । कार्यक्रममा एकहजार भन्दा बढी विधार्थीको सहभागिता रहने र कार्यक्रम होटल जलशामा हुने उनले बताए ।

Share This
  • 377
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    377
    Shares