अत्तरिया नजिकै बस ठोक्कियो, ३५ जना घाइते

अत्तरिया नजिकै बस ठोक्कियो, ३५ जना घाइते

१८ माघ (धनगढी)
कैलालीको अत्तरिया क्षेत्र, गोदावरी नगरपालिका ४ को खौराना पुल नजिकै शनिबार विहान दाङ बाट दिल्ली जादै गरेको यात्रुवाहक वस दुर्घटना भएके छ । रोकिराखेको टरकमा बस ठोक्किएर दुर्घटना भएपछि ३५ जना घाईते भएको छन । ना ७ ख ५६३७ नम्बरको बस र ना ३ ख १४२४ नम्बरको रोकि राखेको ट्रक ठोक्किएको हो ।
घाईते मद्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईतेहरुको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भईरहेको प्हरीले जनाएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •